लाडिएर तिम्रो छेउ रमाउन रहर जाग्यो हजुर
टाँसिएर छाती भित्रै अधर चुमु लाग्यो हजुर
केशराशी मिलाउँदै माया साट्ने चाह भयो
लुकी तिम्रो खोकिलामा समालियुँ लाग्यो
टोलाउँदै आफै भित्र हराउँ लाग्यो तिमी भित्र
करुण-क्रन्दन् प्रिय तिम्रो छामी सँच्छु भावभित्र
हात माथी हात राखी बाटो नाप्ने मन भयो
मनको बह बुझाउनलाई मनकै आस्था मागुँ लाग्यो
गन्तब्यमा प्रिय तिम्रो तिमीलाई नै पर्खि बस्छु
सोह्र सृंगारले सजिएर अंगालोमा स्वागत गर्छु
टक्टकाई दुःखाई थकान पुछि दिन्छु प्यारो गरी
सुम्सुमाएर पिडालाई मलिन मुस्कान दिन्छु घरी
Saturday, October 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment