Wednesday, December 16, 2009

तिमि काँहा छौ?

तिमि काँहा छौ भन?मेरो सपनाको राजकुमार
तिमि बिना छ्टपटिन्छ मेरो एक्लो निराश मन

हरेक-पल, हरेक-दिन उदास हुन्छु तिम्रो यादमा
तिमि बिना पुर्णिमाको रात अँध्यारो लागेको छ

मेरो मनको गोरेटोमा झटारो हान्न आइदिन्छौ
एकलास बाटोमा मलाई खिसी गरि जिस्काउछौ

डुब्दै गरेको घामलाई सधै तिम्रो बारेमा प्रस्न गर्छु
हरेक रातको जुनेलीमा तिमीलाई भेट्न चाहान्छु

आकुल ब्याकुल हुन्छु तिम्रो आगमनको पर्खाइमा
भन तिमीलाई कहाँ खोजु कहाँ देखु कसरि भेटू?

Tuesday, December 8, 2009

सिखारु गजल

अगाडी बड्दै जाँनु निरन्तर उच्च उच्च प्रगतीको पथमा
म टाढा रहे पनि के भयो र आशिस हुनेछ सधैं तिम्रो साथमा

धेरै कठिनाईइ आउँछन जीवनमा साथी हरु हो हरेस नखानु
रुख चढाई फेंद ढाल्नेकोहरु धेरै छन् होला तर हार नमान्नु

आफ्नै मान्छेहरुले छुरा धस्छन् यो ढुकढुक्कीको बीचमा
सबैले डुंगा खियाउछन् मौन तलाउँको संगलो पानीमा

फर्केर नहेर्नु पुग्नु प्रिया तिमी त्यहाँ जाँनु छ कहाँ
अहम्ताको रंगिन आवरणले छेक्दैन कसैको मृत्यु त्यहाँ

अजम्वरी भै अडिदैन कहिल्यै कर्कलाको दुई थोपा पानी
तैपनी जगतले बोक्छ यो अहंकार नासवान भन्ने जाँनी-जाँनी

Thursday, October 29, 2009

उपचार आफैंबाट शुरु गरौं

मेरो नाम जो बार्टन हो। म प्राकृतिक रूपमा रोगहरूलाई कसरी उपचार गर्न सकिन्छ भन्ने कुराको अध्ययनमा लागिरहेको छु। हो कतिपय अवस्थामा हामीलाई चिकित्सकीय परामर्श वा त्यो भन्दा पनि बढी औषधी सेवनको आवश्यक्ता पर्न सक्दछ तर कतिपय अवस्थामा चाहीं रोगहरूलाई हामी प्राकृतिक रूपमै उपचार गर्न सक्छौं। मैले यो प्रयास बाथरोगको निम्ति पनि गरेको छु र आफ्ना विरामीबाट दिनहुं विभिन्न प्रकारका कुराहरू सुन्ने गरेको छु।
एउटा पत्र यस्तो छ: मैले आफ्नो बाथरोगको निम्ति हरेक किसमका कामहरू गरें। मेरो खुट्टामा हुने अत्यधिक दुखाईको कारण म बैशाखी टेकेर हिंड्न बाध्य थिएं। तर तपाईंको सल्लाहबाट म निकै लाभांवित भएको छु। आजकल म आफैं हिड्न थालेको छु। यसको निम्ति तपाईंलाई हार्दिक धन्यवाद। यस्ता पत्रहरू मैले दिनहुं दर्जनौं मात्रामा पाउने गरेको छु। तर यसको उपयोगिताको बारेमा कुरा गर्नु भन्दा पहिले एकपटक एलोप्याथिक चिकित्सा पद्धतीमा बाथरोगको उपचारको निम्ति प्रयोग हुने औषधी र तीनका संभावित नकारात्मक असरका बारेमा केही जानकारी लिऊं।
१. एन.एस.ए.आइ.डी.: यो वर्गको औषधीले सूजनबाट हुने दुखाईबाट आराम दिलाएता पनि युरिक एसिड(जो बाथरोगको कारक तत्व हो)को मात्रामा केही पनि असर गर्दैन। के बाथको उपचार गर्ने कि एकैछिनको निम्ति दुखाई को? यसका अलावा यो समूहको औषधी सेवनबाट देखिने केही नकारात्मक असरहरूमा रक्तश्राव, पेट दुख्ने लगायतका रहेका छन्। के तपाईं चाहनुहुन्छ उपचार गराउन?
२. कर्टिकोस्टेरोइड: यो समूहका औषधी मध्ये पनि प्रडिसोन प्रमुख रूपमा रहेको छ। यो समूहका औषधीले बाथरोग बाट हुने दुखाईलाई करिब एक हप्ता सम्म निको पार्न सक्छ तर यसका साथै यसले भविष्यमा हुने रोगसंग लड्न सक्ने क्षमतामा ह्रास ल्याउंछ भने घाऊहरू निको हुने क्रममा पनि कमी ल्याउंछ। यसका साथै हड्डीको मजबुतीमा पनि कमी ल्याउंछ। के तपाईं तयार हुनुहुन्छ त?
३. कोल्चिसिन: बाथरोगको कारण हुने विभिन्न दुखाईबाट छुटकारा पाउनको निम्ति यो सबैभन्दा तगडा औषधी हो। तर यो औषधीको नकारात्मक असरहरूमा पेटको मांशपेशीमा संकुचन, वाकवाक लाग्ने, बान्ता आउने लगायतका लक्षण रहेका छन्। उनीहरू के सोचेर औषधी दिन्छन्? यसको निम्ति प्राकृतिक उपचार संभव छ। यसैकारण नडराउनुहोस्।
बाथ के हो?
सामान्य हिसाबमा भन्नु पर्दा बाथ भनेको जोर्नी सुन्निनु झैं हो। जुन रातको समयमा बढ्ने गर्दछ। राजा महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पिडादायक रोग हो। जोर्नीहरूको बिचमा हुने खाली ठाऊंमा युरिक एसिडका सुईजस्ता क्रिष्टलहरू जम्मा भै दुखाउने अवस्थालाई पनि बाथ भन्न सकिन्छ। यी क्रिष्टलहरूले छेउछाउमा रहने रहेका विभिन्न भागलाई दुखाउने काम गर्दछन्। तथा ती भागहरू रातो, तातो, सुन्निएको र दुख्ने हुन्छन्। बाथको दुखाईबाट ग्रसित हुने सामान्य जोर्नीहरूमा कुहिना, औंला, कुर्कुच्चा आदि रहेका हुन्छन्।
बाथ गराउने तत्वहरू:
१. जिवनशैली: आफ्नो खाने पिउने र काम गर्ने तरिकाले तपाईंको बाथमा असर पारेको हुन्छ।
२. पुरुषको हकमा दिनको दुई गिलास भन्दा बढी तथा महिलाको हकमा दिनको एक गिलास भन्दा बढी सेवन गरेको खण्डमा बाथको रोग हुने संभावना बढ्न सक्छ। अझ यो कुरा वियर सेवन गरेको खन्डमा बढी मात्रामा देखिन सक्छ।
३. मोटोपन: तपाईंको शरीर मोटो हुनु भनेको धेरै कोषहरू उपलब्ध हुनु हो। जुन टुक्रेर युरिक एसिड लगायतका अन्य तत्वहरूको मात्रा बढाउनको निम्ति सहायक सिद्ध हुन्छ।
४. विभिन्न रोगहरू: विभिन्न प्रकारका रोगहरूले पनि तपाईंको शरीरमा बाथ वा बाथजन्य रोगको बढाउने कारकतत्व हुन सक्छन्। के तपाईंसंग उल्लेख गरिएका रोगहरू छन्? उच्च रक्तचाप, मधुमेह, रक्तनलीमा बोसो जम्नु(अथेरोस्केलोरिस), सर्जरी, केमोथेरापी आदि।
५. औषधीहरू: के तपाईं बाथ गराउन सक्ने निम्न प्रकारका औषधीहरूको सेवन गरिरहनुभएको छ? पिसाप गराउने औषधीहरू(रक्तचाप, शरीरको सूजन, मुटुको रोग आदिको लागि), सूजन कम गराउने एस्पि्रन लगायतका औषधीहरू। यदि तपाईंको जवाफ हो भन्ने आउंछ भने कृपया ध्यान पुर्याउनुहोस् ,यसले पनि बाथ गराउन सक्दछ।
६. परिवारमा कसैलाई छ कि?: अध्ययनबाट के देखिएको छ भने दुई मध्ये एक बाथ रोगीको परिवारको कुनै न कुनै सदस्यलाई बाथ रोग लागेको हुन्छ।
७. लिंग र उमेर: बाथ रोग विशेषतः पुरुषको रोग हो। यो उनीहरूलाई ३० देखि ५० बर्षको उमेर बिचमा लाग्ने गर्दछ भने महिलाको हकमा यो महिनावारी बन्द भैसकेपछिको अवस्थामा देखिन सक्छ।
प्राकृतिक उपचार:
१. प्युरिनयुक्त खानेकुराको सेवनमा कमी ल्याउनुहोस् किनकि युरिक एसिड(जसको कारण बाथ हुन्छ) प्युरिन टुक्रिएर बन्दछ। प्युरिनको मात्रा धेरै भएको खानेकुराको सेवनमा कमी गर्नुहोस्। जसमा विशेषतः मासुका परिकारहरू पर्दछन्। मृगौला, कलेजो, जिब्रो लगायत कुनै पनि प्रकारका रातो मासुको सेवनमा नियन्त्रण गर्न सकियो भने बाथसंग लड्नको निम्ति सहायक सिद्ध हुन्छ।
२. माछालाई बिर्सनुहोस्। कुनै पनि प्रकारको माछा तपाईंको बाथको निम्ति हानिकारक हुन्छ।
३. चना, केराऊ, भटमास, बोडी तथा च्याऊ। यी त्यस्ता खानेकुराको नाम हो जसमा प्युरिनको मात्रा धेरै हुन्छ र जसबाट तपाईं टाढै बस्नुपर्ने हुन्छ।
४. मादकपदार्थबाट टाढै बस्नुहोस्। यदि तपाईं पुरुष हुनुहुन्छ भने दिनको दुई पेग भन्दा बढी मादक पदार्थको सेवन नगर्नुहोस्। अनि तपाईं यदि महिला हुनुहुन्छ भने दिनको एक पेग भन्दा बढी मादक पदार्थ सेवन नगर्नुहोस्। अझ विशेष ध्यान वियरको सेवनमा दिनु पर्दछ। यो निकै नै हानिकारक हुन्छ। यदि तपाईंलाई पहिले नै बाथ रोगको कारण हुने दुखाई शुरु भै सकेको छ भने त मादक पदार्थलाई आफ्नो दैनिकीबाट सम्पूर्ण रूपमा अलग राख्नुहोला।
५. काम गर्नुहोस्। आफ्नो मुटुलाई हल्का रूपले कृयाशील बनाउनको निम्ति सहायक हुने विभिन्न किसिमका कार्यहरूमा हप्ताको कम्तिमा पनि ३ दिन आफूलाई सामेल गराउनुहोस्। ६. डम्बबेल उठाउनुहोस्। के तपाईंलाई थाहा छ? तपाईंले विहानपख उठाएको डम्बबेलले तपाईंको शरीरमा दिनभरी फ्याटसेललाई बर्न गराइरहेको हुन्छ? यो मांशपेशीको विकासको निम्ति आवश्यक शक्ति परिपूर्तीको निम्ति हुने गर्दछ। तर यसमा पनि पहिले साधारण किसिमले सुरुवात गर्नुहोस्। यसको कारण तपाईंको शरीरको मोटोपन घट्छ भने अप्रत्यक्ष रूपमा यसले बाथरोगलाई पनि कम गराउन सहयोग गर्दछ।
७. तपाईंहरूले पहिला पनि दुईपटक सुनिसक्नु भयो कि विस्तारै शुरु गर्नुहोस्। एक्कासी वजन घटाउनु वा डाइटिंग गर्नाले युरिक एसिडको मात्रालाई वास्तवमा बढाउने र बाथरोगलाई अझ विकराल बनाउने पक्का छ।
८. पानी पिउनुहोस्। दिनको कम्तिमा पनि १० देखि १२ पटक सम्म २४० मिलि क्षमता भएको गिलासको पानी पिउनु पर्दछ। अझ यसको निम्ति राम्रो उपाय त के हो भने युरिक एसिडलाई हटाउनको निम्ति पि.एच. भ्यालु सात भन्दा बढी भएको अल्कालाइन पानी बनाएर सेवन गर्नु पर्दछ।
९. भिटामिन सि। भिटामिन सि भएका विभिन्न सागसब्जी तथा फलफूलको सेवन गरिएको खन्डमा पनि युरिक एसिडको मात्रा नियन्त्रणमा मद्दत पुग्दछ।

पुरुष र समयको लडाईं

ब्रिटेनमा रहेका अध्ययनकर्ताहरूका अनुसार महिलाहरूमा जस्तै पुरुषहरूमा पनि प्रजनन क्षमतामा उमेरसंगै ह्रास हुंदै जान्छ। ब्रिस्टल एन्ड बु्रनेल युनिभर्सिटीका वैज्ञानिकहरूका अनुसार जब कुनै पुरुष २५ बर्ष आसपासको हुन्छ एकबर्षको उसको निरन्तर प्रयासका वावजूद पनि उसको संगिनीको गर्भ नरहने संभावना करिब आठ प्रतिशत हुन्छ भने यो प्रतिशत जब उसको उमेर ३५ बर्ष पुग्न थाल्दछ बढेर १५ प्रतिशत सम्म पुग्दछ। अध्ययनको क्रममा इंगल्यान्डमा बसोवास गरिरहेका आठ हजार ५ सय व्यक्तिमा गरिएको अध्ययनबाट पुरुषको उमेरले गर्भाधानमा पार्ने असरबारे निश्कर्ष निकाल्ने प्रयास गरिएको थियो। यो अध्ययनको क्रमा वैज्ञानिकहरूले के पत्ता लगाए भने पुरुष तथा महिलाहरू दुवैको हकमा निश्चित क्षमता हुने गर्दछ र जसै उनीहरूको उमेर बढ्दै जान्छ सन्तान उत्पादनशीलताको क्षमता पनि घट्दै जान्छ जब उनीहरू आफ्नो जिवनको ३० औं वर्षतिर पुग्दछन् यो क्षमतामा उल्लेखनीय रूपमा बृद्धि हुन्छ। अध्ययन पश्चात डाक्टरहरूले बांझोपनको उपचार गर्ने क्रममा पुरुषको उमेरमा पनि ध्यान दिनुपर्ने देखिएको छ। अध्ययनकर्ताहरूले परिणाम त थाहा पाए तर यसको पछाडी के कारण छ भन्ने कुरा भने सही सही रूपमा निर्क्याैल गर्न सकेका छैनन् यसैकारण उनीहरूले संभावित तीन बुंदा प्रस्तुत गरेका छन्। विवाहको पहिलो बर्ष पश्चात यौन सम्पर्कको मात्रामा उल्लेखनीय कमी आउने गर्दछ। पुरुषको उमेर बढ्दै गए पछि उसको यौन चाहनामा पनि कमी आउने गर्दछ र यसैकारण महिलाको उत्पादनशील उमेरमा पनि यौन सम्पर्कको कमीको कारण गर्भ रहने संभावनामा कमी हुन सक्दछ।

गुलियोले ज्यान लैजाला है

हाम्रो शरीरले निरन्तर रूपमा स्वतन्त्र कणहरू (फ्रि र्याडिकल) उत्पादन गरिरहेको हुन्छ। जसले हाम्रो शरीरमा रहने कोषहरूको वरिपरि घुम्ने र हाम्रो उमेरलाई बढाउने तथा मुटुरोग सम्बन्धी जोखिमलाई बढाउने काम गर्दछन्। अहिले सम्म वैज्ञानिकहरूले यो कुराको जानकारी पाउन सकेका थिएनन् कि गुलियो खानेकुराले यस किसिमको स्वतन्त्र कणहरूको मात्रालाई शरीरमा ह्वात्तै बढाउंछ। न्यू योर्कको स्टेट युनिभर्सिटीमा गरिएको अध्ययनको क्रममा ग्लुकोज पानीको सेवन पश्चात यस किसिमका स्वतन्त्र कणहरूको उत्पादनमा २५० प्रतिशतले वृद्धि भएको पाइएको छ। यसको उपायको निम्ति भिटामिन सि तथा भिटामिन इ युक्त खानेकुराको सेवन गर्नाले केही राहत मिल्न सक्ने पनि सो अध्ययनको क्रममा बताइएको छ।

निमोनिया

यो विशेषतः बालबालिका तथा बृद्धबृद्धामा देखिने रोग हो। प्राय गरि यो उमेर समूहका व्यक्तिमा चिसोसंग लड्न सक्ने क्षमतामा हुने कमीको कारण यो अवस्था देख्न सकिन्छ। तर ब्रोक्ंियल निमोनिया हुनु अघि ती व्यक्तिमा, विशेषतः बालबालिकाको सन्दर्भमा स्वास्प्रश्वास नलीसंग सम्बन्धित विभिन्न रोगहरू जस्तो कि दादुरा, लहरे खोकी, ब्राेंकाइटिस लगायतका अवस्था देखिएको हुन सक्छ जसको प्रभावकारी उपचार नभएको खन्डमा निमोनियाले ग्रस्त पार्न सक्छ। यसैगरी यो निमोनियालाई पनि समयमै राम्रो हिसाबले उपचार नगरिएको खन्डमा ब्रोंकिएक्टिस वा फाइब्रोसिस (फोक्सोमा हुने साना साना हावाजन्य थैलीहरू सुन्निने वा फोक्सो खुम्चने) हुन सक्दछ।
लक्षणहरू: रु सामान्यतया निमोनियाको लक्षण देखिनुभन्दा पहिले उसमा स्वासनलीसंग सम्बन्धित विभिन्न किसिमका रोगहरू भएको इतिहास भेटिन्छ। रु ज्वरो आउनु रु सास फेर्न गाह्रो हुनु रु अत्यधिक खोकी जसमा खोकीको क्रममा हरियो, पिप जस्तो खोकी निस्किनु रु छाती दुख्नु रु शरीरका विभिन्न भाग निलो हुनु (सेन्ट्रल सायनोसिस) जस्तो कि नाक, कानका, जिब्राेको टुप्पो, ओठ आदि।
निदान: रु लक्षणका आधारमा रु रगत परिक्षणमा न्युट्रोफिल नाम गरेको श्वेत रक्तकोशिकाको मात्रामा वृद्धि रु एक्स रे को क्रममा फोक्सोको तल्लो भागमा दागधब्बा देखिनु उपचार: बचावट तथा रोगले अझ बढी ग्रस्त नबनाओस् भन्ने हेतुले जाडोबाट बच्नु पर्दछ। तातो झोलिलो पदार्थको सेवनमा वृद्धि गर्नु पर्दछ। यसका अलावा दक्ष होमियोप्याथिक चिकित्सकको सहायताले उपयुक्त होमियोप्याथिक औषधीको सेवन गर्नु पर्दछ। यसरी उक्त विरामीको विभिन्न अवस्थाको चित्रण पश्चात चिकित्सकले बेलाडोना, क्यालकारिया, एन्टिम टार्ट, कार्बो भेज लगायतका औषधीको प्रयोग गर्ने सल्लाह दिन सक्दछन्।

Saturday, October 24, 2009

प्रिय तिम्रो

लाडिएर तिम्रो छेउ रमाउन रहर जाग्यो हजुर
टाँसिएर छाती भित्रै अधर चुमु लाग्यो हजुर
केशराशी मिलाउँदै माया साट्ने चाह भयो
लुकी तिम्रो खोकिलामा समालियुँ लाग्यो
टोलाउँदै आफै भित्र हराउँ लाग्यो तिमी भित्र
करुण-क्रन्दन् प्रिय तिम्रो छामी सँच्छु भावभित्र
हात माथी हात राखी बाटो नाप्ने मन भयो
मनको बह बुझाउनलाई मनकै आस्था मागुँ लाग्यो
गन्तब्यमा प्रिय तिम्रो तिमीलाई नै पर्खि बस्छु
सोह्र सृंगारले सजिएर अंगालोमा स्वागत गर्छु
टक्टकाई दुःखाई थकान पुछि दिन्छु प्यारो गरी
सुम्सुमाएर पिडालाई मलिन मुस्कान दिन्छु घरी

Tuesday, September 22, 2009

दुनियाँको नजरमा

दुनियाँको नजरमा खास हुनु तिमी
हुनु कि धर्ती कि आकाश हुनु तिमी
भर गरोस् दुनियाँले तिम्रो कर्म माथि
हुनु सबको आश, बिश्वास हुनु तिमी
सदियौंमा कर्म योद्धा माग्छ जगतले
हो यही जगतको दास हुनु तिमी
चरित्र यस्तो बनाउ शितलता दिने
न की शिशिर सदा मधुमास हुनु तिमी
सत्य अजय छ सत्यतामा बाँच सदा
भए हुनु बरु लास हुनु परे पनि तिमी

Tuesday, September 15, 2009

तिमी जाँदा


तिमी जाँदा दुख्यो छाती दुखेको तोडमा रोएँ
म रोएँ जिन्दगीको यो अनौठो मोडमा रोएँ
चल्यो आँधी लग्यो सारा खुशी मेरो उडाएरै
गरी नाटक् रमाएको, म ज्यूँने होडमा रोएँ
गरेँ मैले हिसाबै यो अपूरो त्यो कहानीको
घटाऊमै म रोएँ है, कैले म जोडमा रोएँ
कहाँ पुग्ने कसो गर्ने कसोरी पो छिचोल्ने खै ?
अँधेरीमै हराएँ लौ, र एक्लै रोडमा रोएँ

Monday, September 14, 2009

गजल

हजुर यसैपाली


बसन्तको हरियाली फूलै फूलको डाली

मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

रातै भरी जुनेलीमा जूनसंगै नुहाएकी
चन्द्रमुखी मुहारैमा टिका रातो सुहाएकी

बसिदियौ मेरो मनमा उमंगको दियो बाली
मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

थुँगाथुँगा टिपी फूलको सुन्दर माला गाँसे जस्तै
फूलकै जोवन पैंचो लिई फूल संगै हाँसे जस्तै

तिमी फूल भयौ म त भई दिन्छु फूलको माली
मनै भरी खुशियाली पाएं हजुर यसैपाली ।

Sunday, September 13, 2009

तिम्रो खुशी

सँगालु झैं लाग्यो तिम्रो खुशी आँचल नै फिजाएर
समेटु झैं लाग्यो तिम्रो सुख अँजुली नै भराएर
पोखिएको लालीमा मुखाकृतिबाट तिम्रो
भावनाले पुछेर अँगालु झैं लाग्यो
छरिएको उजेली दृष्टिहरूबाट तिम्रो
सपनाले सजाएर चम्काउ झैं लाग्यो
तृष्णा, इच्छा, चाहना मिसिएका थिए तिनमा
कलिला आशाहरू हुर्किएका थिए तिनमा
मनको दैलो उघारेर चियाउन मन लाग्यो
सँघारबाट मझेरीसम्म स्वागत गरूँ लाग्यो
चाल मारेर पाइलाहरू पच्छयाउ झैं लाग्यो
तीनै आकांक्षाहरूको सिरानी लाइ सुस्ताउ झैं लाग्यो
यसैगरि रमाउनु तिमी सँधै भरिभरि
आँखा लाग्ला परचक्रीको, नजर नै उतारिदिन्छु
पलपलमै मुस्काउनु मनको चाह भरिभरि
बहहरूले बाधा गर्लान्, बन्धन फुकाइदिन्छु

Thursday, September 10, 2009

गजल

नझारुँ भन्दा भन्दै जब आँशु झर्छ प्रिय
छाँती चित्त सबै सबै फाँटे झै गर्छ प्रिय

झर्दा झर्दै मिठा याद दुःख्दै दुःख्दै बगेर
खोल्सो, खहरे मिशिदै समुन्द्र भर्छ प्रिय

आँशुका ढिका ढिकामा ऐना हेर्दै आफ्नो
प्रतिबिम्बले रुन्चे मुस्कान छर्छ प्रिय

हराए पछि सँगैका पाइलाका दुइ डोब
एक्लो पाइला अगाडी कसरी बढ्छ प्रिय

गड्याङ गुडुङ ढाकिएर कालो बादल
खुसी उडाई दर्किएर पानी पर्छ प्रिय

विश्वाशको आधारलाई फन्न घुमाएर
चित्त दुःखाई कसैले किन सुख हर्छ प्रिय।

तिम्रो नजरमा पनि

तिम्रो नजरमा पनितिम्रो नजरमा पनि दोषी नै भएर बाँच्नुपर्ने भए
म जिउँदो रहनुको अर्थ छैन ।
तर निरर्थक नै जिउने, बानी लागिसकेछ मलाई
किनकी मलाई आत्महत्या गर्ने आँट छैन !
तिम्रो शहरमै बदनामी कमाउन परे
मेरो अस्तित्वको कुनै महत्व छैन ।
तर अस्तित्वविहिनता नै मन पर्न थालेछ कि ? मलाई
तिम्रो रहरको तगारो त ठानीसक्यौ भने
मैले आफुलाई प्रष्टयाउनुको तुक छैन ।
तर म हुनुको शाश्वततालाई कसोरी वेवास्ता गरूँ म ?
तिम्रो खुशियालीमा डढेलो लगाउने श्रेय मैले नै पाईसकें भने
शितको थोपाले शितलता दिने प्रयत्न गर्नु व्यर्थ छ मैले ।
तर भुतभुतिदैं गरेको हेर्न पनि तिमीलाई, कहाँ सक्छु र म ?
तिम्रो मात्र त खति कहाँ भएको हो र ?
मेरो पनि त त्यत्तिक्कै नोक्सानी भएको छ
तर यो हिसावकिताव गर्ने तिम्रो विवेक, म कोसँग सापटी मागुँ ?
तिमीलाई त आफ्नो छहारी सोचेको थिएँ
तर मैले त मेरो शिर उदाङ्र्रग पाएँ
तिमीलाई त मेरो विश्वास ठानेको थिएँ
तर मेरो त भरोसा नै डगमगाएको पाएँ
लाग्थ्यो, संसारले लखेटे पनि तिम्रो अपनत्व साँचिएको हुनेछ मेरा लागि
आफैंदेखि भागेपनि तिमीले नै जोगाउनेछौं, सँगाल्नेछौ मलाई
तर
तर भत्किए सबै आकांक्षाहरू
च्यातिए ती सम्भावनाहरू
भो, मलाई भ्रमको सान्त्वना चाहिएन
शंशकित चाहना पनि चाहिएन
दोधारे मनोवेदना चाहिएन
ढुलमुले कामना पनि चाहिएन
म त यसै बाँचिदिउँला समयको तरङ्गसँगै, तिम्रो परिदृश्यबाट ओझेल बनि
छालसँगै बगिदिउँला उछिट्टिएर पाखै लागेपनि
मलाई सोध्न नआउनु कस्तो छौ भनि
मल्हम पट्टि नल्याउनु झुक्किएर पनि