Tuesday, December 8, 2009

सिखारु गजल

अगाडी बड्दै जाँनु निरन्तर उच्च उच्च प्रगतीको पथमा
म टाढा रहे पनि के भयो र आशिस हुनेछ सधैं तिम्रो साथमा

धेरै कठिनाईइ आउँछन जीवनमा साथी हरु हो हरेस नखानु
रुख चढाई फेंद ढाल्नेकोहरु धेरै छन् होला तर हार नमान्नु

आफ्नै मान्छेहरुले छुरा धस्छन् यो ढुकढुक्कीको बीचमा
सबैले डुंगा खियाउछन् मौन तलाउँको संगलो पानीमा

फर्केर नहेर्नु पुग्नु प्रिया तिमी त्यहाँ जाँनु छ कहाँ
अहम्ताको रंगिन आवरणले छेक्दैन कसैको मृत्यु त्यहाँ

अजम्वरी भै अडिदैन कहिल्यै कर्कलाको दुई थोपा पानी
तैपनी जगतले बोक्छ यो अहंकार नासवान भन्ने जाँनी-जाँनी

1 comment:

  1. Slots Free No Deposit Casino bonus codes
    Get free spins no 김천 출장안마 deposit for slots, blackjack 영천 출장안마 and roulette at no cost. Play & win FREE! - No Deposit 세종특별자치 출장안마 Required, US Players 김포 출장안마 Accepted, 대구광역 출장마사지 Accepted,

    ReplyDelete