Friday, January 1, 2010

जन्मदिनको शुभकामना !!!

आँखा खोल्दा विहानीमा
घामको किरणले स्वागत गरोस् !
पाइला सार्दा हरेक मोडमा
उमंग उत्साहाले पाउ चुमोस् !!
विश्वास, आँट र साहासहरु
सहयात्री बनुन् सँधैसँधै !
निराशा र कुण्ठाहरु
भागुन् टाढा कतै !!
माया ममता र प्यारहरु
साचिउन् मन भरिभरि !
घृणा, इर्ष्या र रागहरुसँग
जम्काभेट नै नहोस जुनीभरि !!
सुख, खुशी र आकांक्षासँग
सहवास होस हरेक तरङ्गमा !
दुःख, पीडा र वेदनाले
बाटो नछेकुन् उमङ्गमा !!
हरेक धड्कनमा दिर्घायुको
श्वास फेर्नु हरपलमा !
हरेक श्वासमा सु-स्वास्थको
लामो आयु थपियोस गर्छु कामना !!
प्रगतिपथमा पाइलाहरु लम्किउन सँधैसँधै
समृद्धि र उत्तरोत्तर प्रगतिको !
निरन्तर अगाडी बढ्दै जाउन् ती पाइला सँधै
ताज प्रप्तहोस् श्री प्राप्तिको !!
हार्दिक मंगलमय शुभकामना
शुभ तिम्रो शुभ-जन्मदिनमा !
तिम्री प्रिया अर्पण गर्छे तिमीलाई
हार्दिक मायालु मंगलमय शुभकामना !!

No comments:

Post a Comment