Friday, January 22, 2010

तिमीसँग माया

तिमीसँग माया सधैं लाईरहन पाऊँ
सातैजूनि तिम्रै दिलमा छाईरहन पाऊँ

ईर्ष्यागरुन दुनियाँले हाम्रो जोडी देखि
खुसीको यो संघार टेकि धाईरहन पाऊँ

मिठो मिठो बनोससाथ पूरानो नहोस
बगैचाको सुन्दर फूलझैँ चाईरहन पाऊँ

मिर्मिरे बिहानीमा घामभई उदाइदिनु
आँखाखोल्दा स्पर्स त्यो पाईरहन पाऊँ

No comments:

Post a Comment