Thursday, April 1, 2010

मनको कुनाकुना तिमी

कुनाकुना मनको तिमी नै तिमी चुनिएका छौ
तुनातुना तनको तिमी नै तिमी उनिएका छौ
रेसारेसा रहरहरू तिमीले पलाइदियौ
केस्राकेस्रा चाहहरू तिमीले सलबलाइदियौ
आफ्नै देउरालीमा सुस्ताउँदै थिएँ कतै
विसौनीको छहारी बनि तिमी आइदियौ
हैरानी त धेरै, धेरै छन् यहाँ
बटुलेर साहासहरू बल थपिदियौ
छरपस्ट फिजिएंका मेरा आशहरूमा
विश्वासको त्राण तिमी बनिदियौ
मेरो संसार समेटिएको छ केवल तिमीभित्र
धानी देउ बाँकी जिवन समाहित गरिचित्र
हुरूक्क हुन्छ यो मन तिम्रो स्पर्श पाउन
कहिले आउँछौं मलाई लिन विन्ति भनिदेउन
आएपछि वाहुपासमा साँचिदेउ सँधैलाई
नजाउ है छाडि कतै सक्दिन वस्न एकै पललाई
छामी देउ ढुकढुकी धढ्किएको छ तिम्रै नाममा
थामी देउ बढेको श्वास फेरिदैंछ तिम्रै ज्यानमा
तिमीलाई आफ्नो मात्र बनाउने मेरो इच्छा
गल्ती भए नि मेरो सोचाई तिम्रै मान्छे ठान्नु है
विराएँ भने कुनै वेला यात्रा गर्दा वाटाहरू
गन्तव्य तिमीले नै डोर्र्याइदिनु भन्छु है
साथ छुट्ने छैन मेरो वाचा भयो तिमीलाई
तिम्रो पनि साथ माग्छु जुनीजुनीभरिलाई
नपर्खाउ अव धेरै लैजाउ तिमी जता जान्छौ
नदुखाउ टुटेको मन फकाउ यो तिम्रै हो नि

No comments:

Post a Comment